१ फाल्गुन २०७६, बिहीबार

रौतहट, ०१ फागुन । रौतहटको पश्चिमी क्षेत्रको लालबकैयाबाट नदीजन्य पदार्थ उत्खनन् नगर्न अनुगमन टोलीले कडा निर्देशन दिएको छ ।

रौतहटको सिडिओ बासुुदेव घिमिरेको नेतृत्वमा गएको अनुुगमन टोलीले स्थगलत अनुुगमन निरीक्षण पश्चात लालबकैयाबाट नदीजन्य पदार्थ उत्खनन् नगर्न निर्देशन दिएको हो ।

स्थानीय फतुवा विजयपुर र गुुजरा नगरपालिका अन्तर्गत लालबकैया नदीको सबै किनारबाट अर्को आदेश नआएसम्म तत्काल गिट्टी, रोडा, बालुवा, मिक्सग्रेभल उत्खनन् नगर्न सिडिओ घिमिरेले ठेकेदार नागेन्द्र साहलाई बुधबार साँझ निर्देशन दिएका हुन् ।

सिडिओ घिमिरेको यस्तो निर्देशन लगतै अनुुगमनमा रहेका नेपाल प्रहरीका एसपी रविराज खड्का, सशस्त्र प्रहरीका एसपी रवीनराज कर्णजितले लालबकैयामा नदीजन्य पदार्थको उत्खनन् तथा ढुुवानी रोक्न मातहतका प्रहरी युुनिटहरुलाई निर्देशन दिइसकेका छन् ।

गुुजरा र फतुवा विजयपुर नगरपालिकाको सिमानामा पर्ने लालबकैया नदीको नदीजन्य पदार्थ उत्खनन् गर्न साह निर्माण सेवाले ठेक्का लिएको छ ।

तर, सरकारको नियम विपरित नदीको बीच धारमा जेसीबी र स्काभेटर प्रयोग गरी ठेकेदार नागेन्द्र साहले पोखरीको स्वरुप दिएर ठूल्ठूला खाँडल बनाएको पाइएपछि सिडिओ घिमिरेले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाउन निर्देशन दिएका हुन् ।

नेपाल सरकारले तोकेको नियम अनुसार नदीको छेउमा बढीमा दुुई मिटरसम्म खनेर नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने व्यवस्था छ ।

तर, ठेकेदार नागेन्द्र साहले लालबकैया नदीको बोटवा, गर्जा, पशुपति छेउको घाटलगायत दर्जन भन्दा बढी स्थानमा जेसीबी र स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालेर खोलाको बीचमा ठूल्ठूला पोखरी जस्तो खाँडल बनाएका छन् ।

ठेकेदार साहले दैनिक सयौं ट्याक्टर र दर्जनौ टिपरमार्फत लालबकैया नदीको दोहन गर्दै आएका छन् ।

अनुुगमनको क्रममा ब्यक्तिगत फाइदाका लागि लालबकैया नदीको दोहनमा लागेका ठेकेदार साहलाई दोहन नरोकेमा थुुनामा राखेर कारबाही गर्ने चेतावनी दिइएको छ ।

नदीको अवस्था र ठेकदारको गतिविधि बारे स्थानीय तहले निगरानी गर्नुुपर्ने व्यवस्था रहेको छ । तर, गुुजरा र फतुवा विजयपुर नगरपालिकाका जनप्रतिनिधिले लालबकैया नदीको अवस्थाप्रति उदासीन रहेको अनुुगमन टोलीको निस्कर्ष रहेको छ ।

अनुुगमन टोलीले लालबकैया नदीको विभिन्न घाटहरुको अनुुगमनका साथै बौधीमाई नगरपालिका, फतुवा विजयपुर, गुुजरालगायतका स्थानीय तहमा सञ्चालित क्रसर उधोगको स्थलगत अनुुगमन गरेको थियो ।

LIVE TV