‘प्रविधिका कारण रेडियोको आकर्षण घटेको हैन, बरु दायरा बढेको छ’ : सुवास खतिवडा, अध्यक्ष, सामुदायीक रेडियो प्रशारक संघ



प्रकाशित मिति : Feb 13, 2020

काठमाडौँ, १ फागुन । साक्षरताको कमी, यातायात र विद्युतको अभाव, गरिबी लगायतका कारणले अखबार, टेलिभिजन र अनलाइनका तुलनामा बहुसंख्यक नेपालीको पहुँचमा रेडियोमा छ । नेपालका सबै जिल्लामा एफएम रेडियोको प्रसारण पुगेको छ । अधिकांश एफएम रेडियोको संस्थागत स्वास्थ्य भने सुव्यवस्थित छैन ।

सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने स्रोतामा कमी आएको एकथरीको अनुमान छ । तर, सूचना र प्रविधिले अझै रेडियोको दायरा र महत्व बढाएको सामुदायीक रेडियो प्रशारक संघ (अकोराव) का अध्यक्ष सुवास खतिवडाको बुझाई छ ।

आज नवौं विश्व रेडियो दिवसको अवशरमा न्यूज २४ टेलिभिजनले सामुदायीक रेडियो प्रशारक संघ (अकोराव) का अध्यक्ष सुवास खतिवडासँग आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा विशेष कुराकानी गरेको छ । टिभी जर्नालिष्ट राजिव खत्रीसंगको कुराकानीमा खतिवडाले अहिले पनि महत्वका हिसाबले एफएम रेडियोको आफ्नो छुट्टै स्थान रहेको बताउँनु भयो ।

“सहज पहुँचका हिसाबले पनि सर्वसाधारणको भरपर्दाे सूचनाको साधन रेडियो नै हो”, अध्यक्ष खतिवडा भन्नुहुन्छ । राजधानीका रेडियो सञ्जालका कार्यक्रम बजाउने, काठमाडौँबाटै उत्पादित कार्यक्रम र समाचार प्रस्तुत गर्ने गर्दा रेडियोको स्थानीयतामा प्रश्न उब्जेको छ नी भन्ने टिभी जर्नालिष्ट खत्रीको प्रश्नमा खतिवडाले त्यसमा केहि सत्यता भएको स्विकार गर्दै स्रोताको चहाना बमोजिन नै भएको भएपनि स्थानीयताको आवाज बन्ने कर्मजारि राखेको बताउँनु भयो ।

थप कुराकानी भिडियोमा –


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com