
- सबिन लामिछाने
दमौली, २९ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका जिल्ला इन्चार्जसहित दुई जना जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्ला ईञ्चार्ज पूर्णजीत पुन र अखिल क्रान्तिकारीका सदस्य पर्वत सेढाइ रहेको प्रहरीले जानकारी दिएको रहेको छ ।

म्याग्दे १ जामुने बजारमा जनयुद्ध दिवससम्बन्धी पम्प्लेट टाँस्दै गर्दाको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद शिलवालले जानकारी दिए । उनीहरू विरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको सिलवालले बताए ।
पछिल्लो समय विप्लब नेतृत्वको नेकपाले गरेको हिंसात्मक गतिविधिलाई सकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको हो । पछिल्लो समयमा तनहुँमा नेत्रविक्रम चन्द विप्लब नेतृत्वका नेताहरु प्रति प्रहरी निगरानी र पक्राउ गर्ने क्रममा पनि वृद्धि गदै आईरहेको छ ।