२९ माघ २०७६, बुधबार

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले निरोको शैलीमा मुरली बजाएर बसेको आरोप लगाउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्री ओलीलाई निरोकै शैलीमा मुरली बजाएर बसिरहेको आरोप लगाउनु भएको हो । गत माघ २१ गते प्रधानमन्त्री ओलीले बालुवाटारमा मुरली बजाएको विषयलाई चर्चा भइरहदा सांसद संग्रौलाले प्रधानमन्त्री ओलीको व्यवहार पनि ठ्याक्कै निरोको जस्तै देखिएको दावी गर्नुभयो ।

सांसद संग्रौलाले आठ दिनसम्म रोम जलिरहँदा पनि तत्कालीन शासक निरो मुरली बजाएर बसेको प्रसंग कोट्याउदै देश एकपछि अर्को अफ्ठेरोमा पर्दा बालुवाटारमा भोजभेतर र मुरली बजाउँदै वस्नु निरोको शैली दोहो¥याएको दावी गर्नुभयो ।

सांसद सग्रौलाले अगाडि भन्नुभयो ‘कर्णालीमा भाइरल ज्वरोले कर्णालीवासी मर्दैछन् प्रधानमन्त्रीज्यू भने मुरलीको धुनमा हुनुहुन्छ । ’ त्यस्तै उहाँले नेपाल ट्रष्ट ऐन संशोधन गरेर देशमा भएका सबै सरकारी जग्गा यतीलाई जिम्मा दिइएको आरोप पनि लगाउनुभयो ।

सांसद संग्रौलले ‘गोकर्ण, ताहाचल, दरबारमार्गको ३ हजार रोपनी जग्गा यतीलाई दिइएकोप्रति आक्रोश समेत पोख्नुभयो । त्यस्तै ताप्लेजुङस्थित पाथीभरको ३१७ रोपनी जग्गा पनि ८० वर्षका लागि सित्तैमा दिइएकोलगायतका विषयहरुकोबारे बोल्दै जताततै यतीको आतंक मच्चिएको दावी गर्नुभयो ।

LIVE TV