२९ माघ २०७६, बुधबार

काठमाडौँ, २९ माघ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सिंहदरबार प्रवेशका लागि सहज बनाउन माग गर्नुभएको छ । देशका विभिन्न स्थलबाट सिंहदरबार आउने मानिसलाई सिंहदरबार प्रवेश झन्झटिलो भएको भन्दै उहाँले भित्रबाट पास पठाउने व्यवस्था हटाई राष्ट्रिय परिचय पत्र र सुरक्षा जाँच गरेर नै प्रवेश गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गर्नुभएको हो ।

उहाँले मुलुक संघियतामा गइसकेको अवस्थामा सिंहदरबार गाँउगाँउमा नै गएको भएपनि भेटघाट र कामको लागि आउने आगन्तुकको लागि सिंहदरबार प्रवेश कठिन रहेको बताउँदै सुरक्षा जाँच गरी राष्ट्रिय परिचयपत्रबाट प्रवेश गराउन माग गर्नुभयो ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यो व्यवस्थाले समयको बचत हुनुको साथै आज जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभुति हुने समेत बताउनुभयो ।

LIVE TV