२९ माघ २०७६, बुधबार
  • इन्दिरा चाम्लिङ,

ब्रेसेल्स, २९ माघ । युरोपको मुटु बेल्जियमको राजधानी ब्रसेल्समा पर्यटन प्रबद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी भव्य रुपमा सम्पन्न गरिएको छ ।

मंगलबार सम्पन्न उक्त उक्त प्रदर्शनीमा ६५ देशका आ–आफ्नो संस्कृति झल्कने तस्वीरसहित आकर्षक ब्यानरले सजाइएका स्टलहरू राखिएको थियो ।

‘भिजिट नेपाल–२०२०’लाई मध्यनजर गर्दै धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउनका लागि नेपालले पनि सहभागिता जनाएको थियो ।

नेपालमा पर्यटक भित्र्याउनका लागि नेपाली दूतावास, एनआरएनए बेल्जियम र विभिन्न संघ–संस्थाहरूले सहकार्य गरेका छन् । फेब्रुअरीको पहिलो साता ब्रसेल्समा भएको वार्षिक होली’डे फेयरमा राखिएका नेपाली स्टलहरु आगन्तुकहरूको लागि आकर्षणको केन्द्र बनेको थियो ।

नेपाली कला र संस्कृति झल्किने ब्यानर, प्लेकार्ड, पोष्टर र फ्लायरहरू लगाएत पर्यटन प्रबद्र्धनका सामग्रीहरू प्रदर्शन र वितरण गरिएको थियो ।

नेपाली लोक गीतमा कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । जहाँ विदेशी नागरिकहरु पनि नेपाली कलाकारहरुको आकर्षक नृत्यमा झुमेका थिए ।

उक्त प्रदर्शनीमा बेनेलक्सका लागि मिनीसिटर काउन्सिलर सुधिर भट्टराईले नेपालमा विदेशी पर्यटक बढाउनको लागि जोड दिइएको बताए ।

LIVE TV