२९ माघ २०७६, बुधबार

काठमाडौँ, २९ माघ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद विद्या भट्टराईले त्रिभुवन विमानस्थलमा राखिएको स्क्यानिङ्ग मेसिनको अनुगमन गर्न माग गर्नुभएको छ ।

कोरोनाभाइरसको विश्वव्यापी जोखिम बढी रहेको सन्दर्भमा विमानस्थलमा राखिएको स्क्यानिङ्ग मेसिनको प्रभावकारी अनुगमन गर्न संसदमा माग राख्नुभएको हो ।

भ्रमण वर्ष २०२० चलिरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट आउने पर्यटकलाई जाँच गर्नुपर्ने र जसले संसारभरीका मानिसलाई नेपाल कोरोनाभाइरस मुक्त छ भन्ने सन्देश जाने भन्दै मेसिनको विश्वसनीयतामा ध्यान दिन अनुरोध गर्नुभएको हो ।

LIVE TV