२९ माघ २०७६, बुधबार

काठमाडौँ, २९ माघ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका वडा नम्बर ३ छरछरेमा मंगलबार साँझ भएको ट्रयाक्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दुर्घटनामा बुलिङ्गटार–३ छरछरे गाउँका नरबहादुर सुस्लिंग, यानसिंह सारु, पूर्ण थापा, लिलाबहादुर सारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुलिङ्गटारले जानकारी दिएको छ । दुर्घटना भएको स्थान दुर्गम भएकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

ट्रयाक्टरमा सवार १५ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LIVE TV