
जाजरकोट, २८ माघ । भरुवा बन्दुकसहित डोल्पा प्रहरीले एकलाई नियन्त्रणमा लिएकाे छ ।
नियमित गस्तीको क्रममा रहेको प्रहरीले ठूलीभेरी नगरपालिका–२ लोचा जङ्गलमा पुग्दा ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षीय खडकबहादुर रोकायलाई हतियारसहित नियन्त्रणमा लिएको हो ।
उनको साथबाट एक थान भरुवा बन्दुक, घरेलु चक्कु एक थान, बारुद ७८ ग्राम, पासो एक थान, केभ नौ थान र सिसाको छर्रा १९ थान बरामत गरेको डोल्पा प्रहरी प्रमुख नारायण रन्जितकारले जानकारी दिनुभयो ।
आज नियन्त्रणमा लिएका रोकायलाई जिल्ला अदालत डोल्पामा हतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।