२८ माघ २०७६, मंगलवार
  • तारा आचार्य,

विराटनगर, २८ माघ । लगातार दुई दिन स्थगित भएको प्रदेश नं. १ को प्रदेश सभाको बैठक मंगलबार देखि सञ्चालनमा आएको छ ।

नेपाली काँंग्रेस संसदीय दलले विरोधको स्वरुप परिवर्तन गरेको जनाएपछि प्रदेश सभा बैठकमा हुँदै आएको अवरोध हटेको हो ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक आयोगले निष्पक्षता देखाउन नसकेको भन्दै नेपाली कांँग्रेसका सांसदहरुले विरोध गर्दै आएका कारण लगातार दुई दिनको बैठक स्थगित भएको थियो ।

मंगलबारको बैठकमा पनि नेपाली कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले सांसद शेखरचन्द्र थापालाई बोल्न समय दिनुभएको थियो ।

सांसद थापाले ललिता निवास प्रकरणमा आयोगले निष्पक्षता देखाउन नसकेको अडानमा यथावत रहदै आफुहरुले विरोधको स्वरुप परिवर्तन गरेकाले प्रदेश सभामा अवरोध नगर्ने जानकारी दिनुभयो ।

प्रदेश सभा सुचारु भएसंगै प्रदेश नं.१ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्ताव गर्नुभयो ।

उहाँले विकास निर्माणका कार्यलाई वातावरणमैत्री बनाउदै जलवायु परिवर्तनका कारण हुने क्षति न्यून गर्न सकिने गरी विधेयक ल्याएको जानकारी दिनुभयो ।

LIVE TV