२७ माघ २०७६, सोमबार

काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो ।

‘अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ’ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

कफिसपबाट आगो सुरु भएको आगो यात्रु प्रतिक्षालयमा पनि जलेको छ । आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगलागीका कारण अन्तराष्ट्रिय उडान समेत प्रभावित बन्न पुगको छ । भने, काठमाडौंमा अवतरण हुनुपर्ने चाइना साउर्दन, सिल्क एयर, हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमको गरी चारवटा जाहज सिमरामाथिको आकाशमा नै होल्डमा छन् ।

LIVE TV