२७ माघ २०७६, सोमबार

वीरगञ्ज, २७ माघ । नेपाल विद्यार्थी संघले अख्तियार विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

नेवि संघका केन्द्रीय सदस्य सुधिर पटेलको नेतृत्वमा नगरको विभिन्न क्षेत्रबाट एक साथ निकालिएको मसाल जुलुसलाई नियन्त्रणमा लिन पर्सा प्रहरीलाई हम्मे परेको थियो ।

नेवि संघले अख्तियार तथा सरकार विरुद्ध नगरको पानमण्डी, माईस्थान, महाविर स्थान, गोश्वारा रोड लगायतको विभिन्न ठाउँबाट एकसाथ मसाल जुलुस निकालेको थियो ।

जुलुस नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरी गरी करिब ६०(७० जना प्रहरीहरु परिचालन गरिएको थियो । जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

LIVE TV