२७ माघ २०७६, सोमबार
  • तारा आचार्य

विराटनगर, २७ माघ । विराटनगर वडा नं. १२ बाट एक जना १४ वर्षे बालकलाई शरीरभरि लागूऔषध बोकेर ल्याउँदै गर्दा पक्राउ गरिएको छ ।

धरानका ती बालकले शरीर भरि टेपले बाँधेर लागूऔषध ल्याउदै गरेको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट २५ सेट एभिल, २५ सेट डाईजेपम र २५ सेट नरफिन गरी ७५ सेट लागूऔषध बरामद गरिएको छ ।

तीन महिना देखि लागूऔषधको लतमा लागेको ती बालकलाई जोगबनीबाट तस्कर गिरोहले प्रयोग गरेर लागूऔषध ओसारपोसार गर्न खोजेको हुन सक्ने मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

LIVE TV