उपत्यकाको ट्राफिक सिस्टमलाई प्रविधिसँग जोड्दै छाैँ : भीमप्रसाद ढकाल, प्रमुख- महानगरीय ट्राफिक प्रहरी महाशाखा



प्रकाशित मिति : Feb 10, 2020

काठमाडौं, २७ माघ । उपत्यकामा करिब ११ लाख सवारी साधन बढेपछि ट्राफिक व्यवस्थापन चुनौतीको विषय बन्न पुगेको छ । विशेष त सबै सडकका मुल चोकमा ट्राफिक बत्ति नहुँदा र सीमित ट्राफिकबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ ।

विशेषतः देशका अन्य प्रदेशका दर्ता भएका ३० लाख भन्दा बढी गाडीको चाप समेत काठमाडौँले थेग्नु पर्दा काठमाडौँ महहानगरको ट्राफिक व्यस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ ।

देशको राजधानी रहेकोले काठमाडौँ महानगरमा ट्राफिक व्यवस्थापन चुनौती रहेको छ । नेपालमा बारम्बार आइरहने भूकम्पको कारण मृत्यु हुनेको संख्या भन्दा पनि सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढी रहेको छ । अझ ट्राफिक महाशाखाले समेत प्रविधि मैत्री ट्राफिक व्यवस्थापनलाई अवलम्बन गर्छु भनिरहेको अवस्थामा तत्काल र त्यसले दीर्घकाल सम्मको लागि समस्या बनाउने ट्राफिक व्यवस्थापनको विषयमा ट्राफिक महाशाखाले के गरिरहेको छ त ?

न्यूज २४ टेलिभिजनले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाललाई आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा विशेष कुराकानी गरेको छ । टिभी जर्नलिष्ट राजिव खत्रीसंगको कुराकानीमा ढकालले भन्नुभयो – हाम्रो मुख्य योजना प्रविधियुक्त ट्राफिक व्यवस्थापन नै हो ।

काठमाडौँ महानगरमा दिनानुदिन बढ्दै गरेको विभिन्न यात्रु, सवारी साधनलाई सिस्टममा ल्याउने र जसले व्यवस्थापनमा मात्र नभएर आम सर्वसाधारणलाई समेत सहज हुने पनि ढकालले बताउनुभयो ।

ट्राफिकलाई प्रविधिमा जोड्नको लागि सरकार, प्रहरी प्रधान कार्यालय लगायत ट्राफिक मातहतका व्यक्तिहरु सकारात्मक रहेको उहाँको भनाइ छ । विभिन्न स्थानमा ट्राफिक लाइट विग्रिएको कारण पैदलयात्रीलाई समस्या भएको र हाल विभिन्न स्थलमा ट्राफिक लाइट राखेको बताउनुभयो । साथै उहाँले जसले ट्राफिक लाइट, जेब्रा क्रसिङ, लेन मिच्ने कार्य गरेका मानिसहरुलाई २० मिनेटको क्लास समेत दिनेगरेको बताउनु भयो ।
(विस्तृत कुराकानी भिडियोमा )


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com