२७ माघ २०७६, सोमबार

काठमाडौं, २७ माघ । आज बसेको मन्त्रिपरिसद्को बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न सकेन । बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षकको टुङ्गो लगाउन नसकेकाे हाे ।

बहालवाला महानिरीक्षक सर्वेन्द्रनाथ खनालले मंगलबारदेखि अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । यससँगै नयाँ आईजीपीको विषयमा सर्वत्र चासो रहे पनि सोमबार बसेको मन्त्रिपरिषदमा यस विषयले पूर्णता पाउन सकेन ।

स्रोतका अनुसार आईजीपी नियुक्ति विषयमा छलफल गर्न मंगलबार फेरि मन्त्रिपरिषद बैठक बस्ने छ । जसको लागि मंगलबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

सोमबार बसेको बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सामान्य छलफल भएको थियो । तर टुङ्गो लाग्न भने सकेन ।

नयाँ आइजिपीका लागि तीन डीआईजीले दाबेदारी प्रस्तुत गरिरहेका छन् । जसमा प्रदेश- १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्याय रहेका छन्।

LIVE TV