२७ माघ २०७६, सोमबार

काठमाडौं, २७ माघ । चीनमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा हङकङमा एउटा पानी जहाजमा राखिएका झण्डै चार हजार जनालाई सङ्क्रमण पुष्टी नभएपछि त्यहाँबाट बाहिर निकालिएको छ ।

सामुन्द्रिक यात्राकै दौरान पानी जहाजका केही कर्मचारीहरुलाई भाइरसको सङ्क्रमण भएको शंका गरिएपछि त्यसका यात्रा गरिरिहेका ३६ सय जना यात्रुहरुलाई समुन्द्रमा नै जहाजमा राखिएको थियो । त्यहाँ उनीहरुको चार दिन सम्म भएको स्वास्थ्य परीक्षणमा भाइरसको सङ्क्रमण फेला नपरेपछि सबैलाई रिहा गरिएको हो ।

त्यस्तै अर्को पानी जहाजमा भाइरसको सङ्क्रमण फेला परेपछी यात्रुहरुको जापान नजिकै बीच समुन्द्रमा नै राखेर उपचार भइरहेको छ । भाइरसको सङ्क्रमणबाट चीन र हङकङमा गरेर हालसम्म ९१० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको यो संख्या यस अघी विश्वभर नै महामारीका रुपमा फैलिएको सार्सलागेर मृत्यु भएकाहरु भन्दा पनि धेरै हो ।

सन् २००३ मा दुई दर्जन बढी देशहरुमा फैलिएको सार्सबाट ७७४ जनाको मृत्यु भएको थियो । चीनको हुवेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट३४ हजार ८०० जनासङ्क्रमित भएका छन् ।

LIVE TV