२७ माघ २०७६, सोमबार

एजेन्सी, २७ माघ । दक्षिण कोरियाली सिनेमा ‘प्यारासाइट’ यस वर्षको ओस्कार अवार्ड जितेको छ । ‘प्यारासाइट’ गैर–अंग्रेजी भाषामा ओस्कार जित्ने पहिलो चलचित्र बनेको छ । ओस्कारको ९२ संस्करणको इतिहासमा कुनै पनि विदेशी भाषाको सिनेमाले उत्कृष्ट सिनेमाको ओस्कार जितेको छैन।

अमेरिकामा भर्खरै सम्पन्न ९२ औं ओस्कारमा ‘प्यारासाइट’ ले ‘जोकर’ ‘द आइरिसम्यान’, ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्याबिट’, ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’लाई पछि पार्दै उत्कृष्ट सिनेमाको अवार्ड जितेको हो ।

प्यारासाइटले चार वटा विधामा अवार्ड जितेको छ । यस चलचित्रका निर्देशक बोङ जोन होले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । यस्तै बेस्ट ओरिजिनल स्क्रिन प्ले पनि प्यारासाइट नै घोषित भएको छ ।  ओस्कारमा ‘जोकर’ उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनयनमा परेको थियो।

हाल अमेरिकामा जारी एकेडेमी अवार्डमा ओस्कारमा हलिउड अभिनेता ब्राड पिटले जितेका छन् । उनले यो अवार्ड पहिलो पटक प्राप्त गरेका हुन् । जोकरका अभिनेता जोयाक्विन फिनिक्सले ओस्कार जितेका छन् ।

जुडीका लागि अभिनेत्री रेनी जेल्वेगरले अवार्ड जितेकी छन् ।  ब्राड पिट र लौरा डर्नले क्रमशः वान्स ओपन अ टाइम इन हलिउड र म्यारिज स्टोरीबाट सहअभिनेता–अभिनेत्रीको अवार्ड जितेका छन् ।

 

LIVE TV