२६ माघ २०७६, आईतवार

रुपन्देही, २६ माघ । लुम्बिनीमा एक महिलाको शव भेटिएको छ ।

आज दिउँसो ३ बजे मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको उहाँले बताउनुभयो ।

LIVE TV