२६ माघ २०७६, आईतवार
  • घनश्याम मिश्र,

धनुषा, २६ माघ । धनुषा जिल्लाको मिथिला नगरपालिका अन्तर्गत रातो खोला, बडहरी खोला, बसही, औरही, जलादलगाएतको खोला अनुगमन गरिएको छ ।

खोलाबाट गिट्टी र बालुवा मापदण्ड अनुसार उत्खनन् भइरहेको छ/छैन भनेर आइतबार जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झाको विशेष उपस्थितिमा अनुगमन गरिएको हो ।

उक्त अनुगमन टोलीमा वन कार्यालय जनकपुरका सहायक वन अधिकृत चन्देश्वर प्रसाद साह, जिल्ला प्रहरी कार्यालय धनुषा ढल्केबरका सई मानबहादुर तामाङ, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि, मिथिला नगर पालिकाका इञ्जिनियर ज्ञानेन्द्र देव, शसस्त्र प्रहरी बल धनुषाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, सञ्चारकर्मीलगाएतको सहभागिता थियो ।

स्थानीय सरकार मातहतका पालिकाले लगाएका ठेक्कापट्टामा मापदण्ड अनुसार खोला खन्न पाइने, जसको लागि गिट्टी-बालुवा उत्खनन् गर्नुपूर्व नगरपालिकासँग भएको समझौता अनुसार स्पस्ट देखिने गरी बोर्ड लगाउनु पर्ने हुन्छ ।

पुलदेखि पाँच सय मिटर टाढा र नदी किनार वा बाँधदेखि पच्चिस मिटर टाढा मात्र गिट्टी बालुवा उत्खनन् गर्न निर्देशन दिएको जिल्ला अनुगमन उपसमितिका संयोजक दीपक झाले न्यूज २४ लाई जानकारी दिए । गिट्टी, बालुवा झिक्ने क्रममा तीन फिट गहिरोसम्म मात्र उत्खनन् गर्न पाइनेछ ।

LIVE TV