२६ माघ २०७६, आईतवार

भक्तपुर, २६ माघ । भक्तपुर साहित्यिक समाजको २१औं स्थापना दिवसको अवसरमा शनिबार ३ जना स्रष्टालाई सम्मान गरेको छ भने २ जना प्रतिभालाई पुरस्कृत गरेको छ ।

गायक रत्न बेहोसी, महाकवि चन्द्र प्रसाद न्यौपाने र सांस्कृतिक लेखक विनोदराज शर्मालाई स्रष्टा सम्मान गरेको हो । यसैगरी प्रतिभा पुरस्कार डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश शाक्यलाई पुरस्कृत गरेको हो । भक्तपुरमा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद तथा साहित्यकार तेजेश्वर बाबु गोंगको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिभाहरुलाई रु ५ हजार ५ सय ५५ रुपैयासहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

अध्यक्ष राजुराम मुनंकर्मीले साहित्यिक समाजले मुलुकभर छरिएर रहेका नेपाली र नेपाल भाषा साहित्यमा योगदान पुर्याएका तर गुमनाम भएर बसेका, राज्य वा साहित्यिक सँस्थाहरुको नजरमा नपरेका स्रष्टा तथा सर्जकहरुलाई समान गर्ने गरेको बताउनु भयो । समाजले स्रष्टा तथा सर्जकहरुलाइ खोजी खोजी पुन नेपाली वाङ्गमय क्षेत्रमा ती सर्जकहरुको योगदान बढाउन प्रोत्साहन गर्दै आएको बताउनुभयो ।

सम्मानित स्रष्टा रत्न बेहोसीले “काय मचा ल्याम्हो” बोलको आफ्नो चचिैत गीत गाउनु भएको थियो । त्यस्तै महाकवि चन्द प्रसाद न्यौपानेले भक्तपुर साहित्यिक समाजको सम्मानले आफलाई काव्य जगतमा र नेपाली भाषा वाङमयमा थप काम गर्ने हौशला बढाएको भन्दै आफुलाई जीवन भर नेपाली साहित्य वाङमयमा समर्पित राख्ने बताउनु भयो । उहाँका बृहत्तर काव्य चन्द्रयुग सहित चार दर्जन कृतिहरु प्रकाशित छन् । आर्का सम्मानित ब्यक्ति विनोदराज शर्माले लेखक र साहित्यकारलाई समाजले हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताउनु भयो ।

प्रतिभा पुरस्कारबाट पुरस्कृत डां जुनु बासुकाला रञ्जित र अनिश शाक्यले युवा सर्जकहरुलाइृ आगामी दिनमा नेपाली कला राहित्यको बाटो फराकिलो बनाउँदै जान हौशला मिलेको बताउनुभयो ।

LIVE TV