२६ माघ २०७६, आईतवार

काठमाडौं, २६ माघ । बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेका टोल दिउँसो ‘सुनसान’ जस्तै देखिन्छन् । यो नेपाली नागरिक बस्ने टोल होइन । यो शरणार्थी शिविर भएको छ । म्यानमारबाट आएका रोहिङ्गा शरणार्थीका रूपमा यहाँ बस्दै आएका छन् ।

शिविरमा दिउँसो तन्नेरी महिला–पुरुष नभई बालबालिका मात्र देखिन्छन् । शिविर आसपासका स्थानीयका अनुसार मजदुरी र ज्यालादारी गर्न बजार निस्किने गरेकाले दिउँसो शरणार्थी शिविर सुनसान हुने गरेका हुन् ।

रोहिङ्गा शरणार्थी शिविर छोडेर मजदुरी र ज्यालादारी गर्न थालेपछि व्यवस्थापनमा थप समस्या उब्जेको छ । बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष राजु अधिकारीले रोहिङ्गा दिनभर मजदुरी गरी राति सुत्नमात्र शिविर आउने भएकाले शान्तिसुरक्षा व्यवस्थापनमा चुनौती थपेको बताउनुहुन्छ ।

स्थानीय राजन केसी, हरिशचन्द्र श्रेष्ठ र रामसुन्दर अधिकारीलगायतका जग्गाधनीलाई शरणार्थीले कहिले जग्ग्गा छोड्लान र खेती गरौँला भन्ने जस्तै भएको छ । उहाँ भन्नुहुन्छ, ‘‘शिविर भित्रबाट शान्तिसुरक्षा खल्बल्याउने किसिमका आपराधिक गतिविधि सञ्चालन हुन्छन् कि भन्ने चिन्ता पनि छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

LIVE TV