२५ माघ २०७६, शनिबार

काठमाडौं, २५ माघ । सभामुख चयन पछि उपसभामुखको चर्चा सुरु भएको छ । कसले उपसभामुख पाउने ? अहिले प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा छन् ।

संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान भएपनि सत्तारुढ नेकपाको सहमति विना उपसभामुख चयन हुँदैन । त्यसैले उपसभामुखको दौडमा कांग्रेस र राजपा देखिएको छ । सत्तारुढको समर्थन जसलाई उसैले उपसभामुख पाउने निश्चित छ ।

उपसभामुख कसलाई ? अहिले यो प्रश्न राजनीतिक वृत्तमा चलिरहेको छ । सत्तारुढ नेकपाले जुन दललाई समर्थन ग¥यो, उसैले उपसभामुख पाउँछ । नेकपाबाट अग्नि सापकोटा सभामुख भएपछि संविधानतः अर्को दलले उपसभामुख पाउनुपर्छ । तर, सत्तारुढ नेकपाले अनौपचारिक वार्ताहरुमा शर्त राखेको बताइएको छ ।

अहिलेसम्म कांग्रेस र राजपाका नेताहरुसँग अनौपचारिक वार्ता भएको छ । कांग्रेसले सहमतिको राजनीति गर्न भन्दै आफूलाई उपसभामुखका लागि सघाउन आग्रह गर्दै आएको छ । यस्तै राजपाले आफूले सभामुखमा समर्थन गरेकाले उपसभामुख पाउनुपर्ने दाबी गरेको छ । सभामुख रितm हुदा संवैधानिक परिषदमा निर्णय गर्न समस्या परेपछि सरकारले बहुमतबाट निर्णय गर्न अध्यादेशबाटै परिषदको ऐन संसोधन गर्न चाहेको थियो । यसमा साथ दिनुपर्ने सत्तारुढ दलको शर्त छ ।

नेकपाका नेताले प्रधानमन्त्रीले आफूलाई सहयोग गर्ने व्यक्ति उपसभामुख बनाउनुपर्ने चाहना राख्नु स्वभाविक भएको बताएका छन् । संविधानमा नै सभामुख र उपसभामुख फरक दल र फरक लिङगको हुनपर्ने व्यवस्था छ । उपसभामुखको नाममा सरकारले शर्त राख्न नहुने जानकारहरुले बताएका छन् ।

LIVE TV