२५ माघ २०७६, शनिबार
  • केदार शर्मा

चितवन, माघ २५ । भरतपुरको पुरानो सब्जी मण्डिमा जारी सूचना प्रबिधि मेलोको दुई दिनमा ३० हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवन शाखाको आयोजनामा भएको प्रभु पे क्यान ईनफोटेकमेला २०२० मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् । माघ २४ गतेबाट सूरु भएको मेलामा आगामी २८ गते सम्म सञ्चालन हुने छ ।

‘प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वर्डलिङ्क नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।

शुक्रबारदेखि सुरु भएको मेलामा ह्याकाथुन प्रतियोगिता रोबोटिक्स प्रतियोगिता सञ्चालन भईरहेको शाखाका अध्यक्ष सन्तोष जनक भुषालले जानकारी दिए । मेलामा रोबोटिक्स प्रतियोगिताको लागि ८ टीमको सहभागिता रहेको छ ।

त्यसतै यता ह्यकाथोन प्रतियोगिताको लागि १६ ग्रुपको सहभागिता रहेको छ । काठमाण्डौ, चितवन, पोखरा लगाएतका बिद्यालयका आईटी सम्बनधी विद्यार्थीको सहभागिता रहेको छ । ३६ घण्टा सम्म कोलोजप सेसन हुने र त्य पछि मात्रै उतकृष्ट टीम छनोट हुनेछन् ।

झण्डै ९० स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ३० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ तोकिएको छ ।

प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको सचिब टेकलाल भुषालले जानकारी दिए ।

मेलाको दोश्रो दिन आज भरतपुर महानगरपालिका स्थित वडा नम्बर ३ मा साईभर सुरक्षा सम्बन्धि गोष्ठि समपन्न भएको छ ।

वडा नम्बर ३ का बिभिन्न टोल बिकाश संस्थाका पदाधिकारी तथा स्थानीयको उपस्थितमा सुचना तथा सञ्चार मन्त्रालय अनर्तगत सुचना प्रबिधि बिभागको सहयोग तथा वडा नम्बर ३ को आयोजना र कम्प्युटर एशोसिएसनको नेपाल महासंघ जिल्ला शाखा चितवनको आयोजनामा कार्यक्रम भएको केन्द्रिय सदस्य भानु शर्माले जानकारी दिए ।

भरतपुर महानगरपालिकाकी उप प्रमुख पार्वती शाहाको प्रमुख आतिथ्यतामा समपन्न भएको उत्त कार्यक्रममा सुचना प्रबिधि बिभागका संजोग पौडेल तथा ईन्जिनियर हरी भण्डारीले साईबर सुरक्षाको बारेमा जानकारी गराएका थिए ।

वडा नम्बर ३ का वडा अध्यक्षको अध्यक्षतामा समपन्न कार्यक्रममा कम्प्युटर एशोसिएसनको नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष सन्तोष जनक भुषालले स्वागत मनतब्य राखेका थिए ।

LIVE TV