२५ माघ २०७६, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ, २५ माघ । दाङलगाएतका १३ जिल्लामा आज (शनिबार)देखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु गरिएको छ ।

शनिबार माघ २५ गतेदेखि फागुन १४ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गरिएको हो । आज २५ गते केन्द्रमा उक्त औषधि खुवाइएको छ ।

त्यस्तै २६, २७, २८, २९ र फागुन १ गते घरदैलोमै गएर औषधि खुवाइने बताइएको छ, भने २ गतेदेखि १४ गतेसम्म स्वास्थ्य संस्थाबाट औषधि खुवाइनेछ ।

लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो हात्तीपाइले । दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने योजना रहेको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दुई वर्ष मूनिका बालबालिका, गर्भवती महिला, ७ दिनको सुत्केरी महिला, सिकिस्त विरामी तथा दीर्घरोगीहरु बाहेकका सबैले उक्त औषधि खानुपर्ने बताइएको छ ।

नेपालका १३ वटा जिल्लामध्ये बर्दियामा १० प्रतिशत बढी हात्तीपाइले संक्रमणका विरामीहरु फेला परेका छन् ।

दाङमा करीब दुई महिना अगाडि ४ स्थानमा यस रोगको परीक्षण गरिएको थियो ।

LIVE TV