२५ माघ २०७६, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ, २५ माघ । प्रदेश पाँचको नेपाल कानून व्यवसायी परिषद् सदस्य (काउन्सिलर)मा प्रजातन्त्रवादी कानून व्यवसायी पक्षका बाबुराम पाण्डे दोब्बर मतान्तरले विजयी हुनुभएको छ ।

शनिबार सम्पन्न भएको निर्वाचनमा ४ सय ६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका किटतम प्रतिद्वन्द्धी नेकपा र राजपा पक्षधर संयुक्त समूहका सीताराम अग्रवालले २ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

तुलसीपुर, वुटवल, नेपालगञ्ज र पाल्पामा मतदान केन्द्र तोकिएको थियो । तुलसीपुरस्थित उच्च बार एशोसियसनको मतदान केन्द्रमा १ सय १७ जनाले गरेको मतदान गरेका थिए ।

त्यस्तै, पाल्पा मतदान केन्द्रमा ६१ जनाले मतदान गरेका थिए, भने नेपालगञ्ज मतदान केन्द्रमा २५३ जनाले मतदान गरेका थिए ।

यता बुटवल मतदान केन्द्रमा २२८ जनाले मतदान गरेका थिए । शनिबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो ।

LIVE TV