२५ माघ २०७६, शनिबार
  • सुरेश श्रेष्ठ

दाङ ,२५ माघ । दाङमा चट्याङ लागेर २ बालबालिकासहित ३ जनाको ज्यान गएको छ । शनिवार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षीया लक्ष्मी आचार्य र सोही ठाउँ बस्ने ६ वर्षीया बालिका श्रृष्टि चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका दुवै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो । घोराही उपमहानगरपालिका वडा नम्वर ११ हापुर बस्ने सूर्यबहादुर पुरीका ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दिउँसो साढे एक बजे घर आँगनमै खेलिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकोक्रममा निधन भएको प्रहरीले बताएको छ ।

LIVE TV