२५ माघ २०७६, शनिबार

काठमाडौं, २५ माघ । हिमालयले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित हात पारेको छ ।

इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगितामा हिमालयले एस्फोडेललाई ३१–१७ ले पराजित ग-यो ।

हिमालयको जितमा विनोद नेपालीले १० अंक योगदान गरे । विनोद नेपालीकै २१ अंक सहयोगमा हिमालयले नेरिक एकेडेमीलाई ५९–५२ ले हरायो ।

दुई खेल खेलेको नेरिकले ह्वाइट हेभेन विरुद्ध भने ३९-१९ को जित निकाल्यो । नेरिकका समिप खत्रीले १५ स्कोर गरे ।

ब्वाइजमै पुष्प सदन र एसियन पब्लिकले पनि सफलता पाए । पुष्प सदनले ह्वाइट हेभेनमाथि ५५-४० ले पन्छायो ।

पुष्प सदनका सन्जिव बोहराले १३ स्कोर गरे । एसियनले एआईएलाई ४८-२२ ले पाखा लगायो । एसियनका पारस केसीले १५ अंक जोडे ।

LIVE TV