२५ माघ २०७६, शनिबार

सिन्धुपाल्चाेक, २५ माघ । गएराति एक समूहले सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अन्धाधुन्ध आक्रमण गरेको छ ।

समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । गम्भीर घाइते झाको अहिले वीरेन्द्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

करिव १०-१२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति चौकीमा ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक थलबहादुर तामाङलले बताउनुभयो ।

प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको इनिस्पेक्टर तामाङले न्यूज २४ लाई जानकारी दिनुभयो ।

आक्रमणमा संलग्न रहेको आशंकामा स्थानीय सोमनाथ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

तिपेनी बजारमा होहल्ला गरेर हिडि रहेको समुहलाई सम्झाई बुझाई गर्ने क्रममा प्रहरी चौकीमा आक्रमण गरेको प्रहरी बताएको छ । अन्य आक्रमणकारीको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

LIVE TV