२५ माघ २०७६, शनिबार
  • सुरेश श्रेष्ठ

दाङ, २५ माघ । नेपाल कानून व्यवसायी परिषद्को पार्षद् पदका लागि आज शनिबार देशभर मतदान हुँदैछ । पार्षद् बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुने समय निर्धारण गरिएको छ ।

७ वटा प्रदेशबाट एक एक जना निर्वाचीत हुने परिषद्को बैधानिक ब्यबस्था अनुसार आज शनिबार उच्च वार तुलसीपुरमा पनि मतदान भईरहेको छ ।

प्रदेश नम्वर ५ बाट नेपाली काँग्रेस निकट प्रजातन्त्रीक कानून व्यवसायीको तर्फबाट बाबुराम पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

संयुक्त समूहबाट सीताराम अग्रवाल हुनुहुन्छ । अग्रवाललाई नेकपा र राष्ट्रिय जनता पार्टी निकट कानून व्यवसायीले समर्थन गरेका छन् । प्रदेश नम्वर ५ मा झण्डै ७ सय ४० जना बढी मतदाता छन् भने दाङको तुलसीपुर मतदान केन्द्रमा १ सय ४० जना मतदाता रहेका निर्वाचन कमिटिका संयोजक एवम् उच्च वार तुलसीपुरका अध्यक्ष रवीन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रदेश ५ को दाङ, रुकुमपूर्वी, रोल्पा र प्युठानको मतदान केन्द्र उच्च बार तुलसीपुरमा, बाँके र बर्दियाका कानून व्यवसायीको मतदान केन्द्र नेपालगञ्ज र बुटवल स्थित मतदान केन्द्रमा रुपन्देही, कपीलबस्तु, अर्घाखाची,पाल्पा,सुस्ता पश्चिम नवलपरासी र गुल्मीका कानून व्यावसायीले मतदान गर्दैछन् भने आजै मतगणना हुने छ । परिषद्को अध्यक्षमा नेपाल सरकारका कानूनी सल्लाहकार अर्थात महान्याधिबक्ता हुने ब्यबस्था छ ।

LIVE TV