२५ माघ २०७६, शनिबार

एजेन्सी, २५ माघ । भारतमा विधानसभाका लागि मतदान सुरू भएकाे छ । भारतकाे राजधानी नयाँ दिल्लीमा शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने बताइएकाे छ ।

दिल्ली विधानसभामा कुल ७० सिटका लागि मतदान भइरहेकाे हाे । मदतानको नतिजा दुई दिनपछि आउने बताइएकाे छ ।

मतदान सुरू भएसँगै दिल्लीकाे सत्तामा कसले राज गर्ला भन्नेबारे अनेक अड्कलबाजी र बहस समेत सुरू भएकाे छ । सन् २०१५ मा भएको त्यहाँकाे विधानसभा निर्वाचनमा नयाँ दल आम आदमी पार्टीले ७० मध्ये ६७ सिटमा जित निकालेकाे थियाे । भ्रष्टाचारविरोधी नाराका कारणा साे दल लाेकप्रिय रहेकाे थियाे ।

यसपटक पनि दिल्लीकाे चुनावलाई निकै महत्त्वका साथ हेरिएको छ । तर यसपटक भने दिल्लीको सत्ताधारी आम आदमी पार्टी, केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी भाजपा र विपक्षी कङ्ग्रेसबीच त्रिपक्षीय भिडन्त हुने ठानिएको छ । उसले साे विरासत कायमै राख्न चुनाैतीपूर्ण नै देखिन्छ ।

कुल ६७२ जना उम्मेदवार मैदानमा रहेकाे यस चुनावले दिल्लीकाे सत्तामा कसलाइ ल्याउला, हेर्न बाँकि छ ।

LIVE TV