२४ माघ २०७६, शुक्रबार
  • अमर काफ्ले,

इनरुवा, २४ माघ । सुनसरीको कोशी गाउँपालिकामा आजबाट वीपी स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ ।

कोशी महोत्सव स्थलमा आयोजना गरिएको दोस्रो संस्करणको राष्ट्रिय कुस्ती प्रतियोगितामा आज समूह चरणका खेलहरु सम्पन्न भएका छन् ।

आज भएका स्पर्धाहरुमा अधिकांशजसो राष्ट्रिय खेलाडीहरुले जित हात पारेका छन् । अघिल्लो चरण प्रवेश गर्नेमा १३ औं सागका पदक बिजेता र राष्ट्रिय स्तरका खेलाडीहरु रहेका छन् ।

प्रतियोगिता महिला र पुरुष दुई भिन्ना भिन्नै समूहमा आयोजना गरिएको छ । महिलातर्फ ५५, ६५ र ७२ केजी समूहमा प्रतिष्पर्धा गराइएको छ । त्यसैगरी पुरुष तर्फ ७०, ८६ र १२५ केजी समूहमा खेल खेलाइएको छ ।

जारी प्रतियोगितामा विभिन्न तौल समूहका ३६ खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा ४ र ६ नम्बर बाहेकका प्रदेश र एपीएफ बाहेक दुई विभागीय टोली नेपाल पुलिस र आर्मीले सहभागिता जनाएको छ ।

प्रतियोगिता अन्र्तगत फाइनल चरणका खेलहरु भोलि खेलाइने छन् ।

LIVE TV