२४ माघ २०७६, शुक्रबार
  • नवीन राई

ललितपुर, २४ माघ । ललितपुरस्थित भैंसेपाटीमा रहेको एक बालगृहबाट सात जना बालबालिकाको उद्दार गरिएको छ । महानगरीय प्रहरी प्रभाग भैसेपाटीबाट गएको टोलीले पुनस्थापना चिल्ड्रेन होमबाट सात जना बालबालिकालाई उद्दार गरेको हो ।

चिल्डे«न होमले चरम यातना दिएपछि बालबालिकाहरु भागेका थिए । उनीहरुको प्रहरीले उद्दार गरेको हो । बालबालिकाकै बयानका आधारमा प्रहरीले चिल्ड्रेन होममा छापा मारेको छ । सो होम सञ्चालकका आकाश खाती र उनकी पत्नी कमलालाई नियन्त्रणमा लिएको छ ।

बालबालिकालाई हाल साझा सवालको लागि साझा मञ्च नेपाल काँडाघारीमा राखिएको छ ।

पुर्नस्थापना चिल्ड्रेन होम नजिकका छिमेकीले बालबालिकालाई यातना दिने गरेको बताएका छन् । सानो एउटा कोठामा ७ जना बालबालिकासम्म राख्ने गरेका थिए ।

स्थानीयले दातृ निकायको रकम खाने उद्देश्यले बालबालिका राखेको बताएका छन् । तर, बालबालिकालाई अत्याचार गरेको सञ्चालक मान्न तयार छैनन् । प्रहरीले थप अनुसन्धान गर्ने जानकारी दिएको छ ।

LIVE TV