२४ माघ २०७६, शुक्रबार
  • ज्योति कुमार पन्थी,

बर्दिया, २४ माघ । ‘भिजिट नेपाल–२०२०’लाई सफल पार्नका लागि बाँकेको नेपालगञ्जबाट बर्दियाको ठाकुरधारासम्मको लागि साइकल यात्रा सुरु गरिएको छ ।

शुक्रबार बिहान बागेश्वरी मन्दिरबाट सुरु गरिएको उक्त साइकल यात्रामा विश्व साइकलयात्री पुष्कर शाह, नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख धवल शम्शेर राणा र समाजिक अभियान्ता डा.सुरेश कनौडियालगाएत भारतीय र बिदेशी नागरिकसहित १ सय २५ जनाको सहभागिता रहेको छ ।

बाँकेको बागेश्वरी मन्दिरबाट सुरु भएको उक्त साइकल यात्रा बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको सिमसार क्षेत्र बढैयाताल हुदै गुलरिया नगरपालिका प्रवेश गरेको थियो ।

गुलरिया नगरपालिकाको कार्यालय अगाडि टोलीलाई गुलरिया नगरपालका प्रमुख मुक्तिनाथ यादवले अवीर माला र खादासहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

पर्यटन बर्षको प्रचार–प्रसार गर्न र ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई विश्व सामु चिनाउँनका लागि साइकल यात्रा शुरु गरिएको आयोजकले जनाएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर २ मा रहेको कृष्णसार संरक्षण क्षेत्र र मधुवन नगरपालिका हुदै नेपालको सबै भन्दा लामोपुल कोठियाघाट हुदै ठाकुरधारा जाने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

पर्यटन बर्षको प्रचार–प्रसारसहित विभिन्न किसिमका कार्यक्रम लिएर बाँकेबाट बर्दियाको ठाकुरधारासम्म साइकल यात्रा सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले बताए ।

LIVE TV