२४ माघ २०७६, शुक्रबार

काठमाडौँ, २४ माघ । नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तराष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा सञ्चालित फिना स्विमिङ्ग अफिसियल क्लिनिक शुक्रबार सम्पन्न भएको छ ।

दक्ष निर्णायक जनशक्ति उत्पादन गर्ने उद्धेश्यले तीन दिन सम्म संचालन भएको क्लिनिकमा ५५ जना निर्णायकहरुको सहभागिता रहेको थियो ।

निर्णायकहरुलाई फिना एक्सपर्ट अष्ट्रेलियाका रायन आर्विष्टरले प्रशिक्षण प्रदान गरेका थिए ।क्लिनिकमा सहभागिहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका सांसद जीवनराम श्रेष्ठले प्रमाण पत्र बितरण गरेका थिए ।

प्रशिक्षणमा श्याम जि.सी. र टेकबहादुर बल उत्कृष्ट घोषित भएका थिए । क्लिनिकले पौडीका नियमहरुको ज्ञानका साथै प्रतियोगिताहरुलाई निष्पक्ष र स्वस्थ बनाउन मद्धत पुगेको क्लिनिकमा सहभागीहरुले बताए ।

क्लिनिकमा सहभागिहरुले अनुशासित रुपमा पौडी निर्णायक सम्वन्धि ज्ञान हासिल गरेको र आगामी दिनमा पौडी खेललाई निष्पक्ष र स्वस्थ बनाउन सहयोग पुग्ने फिना एक्सपर्ट रायनले बताए ।

LIVE TV