२४ माघ २०७६, शुक्रबार
  • केदार शर्मा

चितवन, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले ललतिा निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीलाई मुद्दा दायर नगर्नु न्यायसंगत नभएको जनाउनु भएको छ ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका नेता थापाले ललितानिवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्ने शर्तमा नेकपा शक्तिशाली नेता महासचिव विष्णु पौडेलका छोरा नवीनलाई छाडेको प्रति आपत्ति जनाउनु भएको छ ।

सरकारी जग्गालाई व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा १७५ जनाविरुद्ध मुद्दा चलाउँदा अख्तियारले मन्त्रिपरिषद्बाट निर्णय गराउने तत्कालिन प्रधानमन्त्री उपर मुद्दा नचलाउनुले सरकारको नियत स्पष्ट भएको बताउँदै उहाँले फाइल सदर गर्ने प्रधानमन्त्रीका बारेमा केही बोल्नुपर्दैन भन्ने प्रश्न सोध्नुभएको छ ।

त्यस्तै नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गर्न मन्जुर भएको भन्दै उनीहरु प्रति मुद्दा दर्ता नहुनु न्यायपूर्ण नभएको दाबी गर्नुभएको छ । प्रतिपक्षीलाई फसाउने र आफ्ना नेतालाई उक्साउने सरकारको नियत देखियो, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस कालिका नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले जग्गा फिर्ता गरेर छोड्नु र चोरले सामान फिर्ता गरेर ईमान्दार छु भन्नु एकै भएको भन्दै व्यंग्य गर्नुभएको छ ।

नेता थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गर्दै पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकामा आपत्ति समेत जनाउनुभयो । भ्रष्ट्राचारजन्य कसुरमा जो कोही संलग्न भए पनि छाड्न नमिल्ने नेता थापाको भनाइ छ ।

LIVE TV