२४ माघ २०७६, शुक्रबार
  • केदार शर्मा,

चितवन, २४ माघ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा चितवनको नारायणगढस्थित पूरानो तरकारी मण्डीमा आजबाट प्रभू–पे पाँचौ संस्करणको क्यान ईन्फोटेक मेला सुरु भएको छ ।

बागमती प्रदेशका सामाजिक बिकाशमन्त्री युवराज दुलालले उद्घाटन गरेका उक्त मेला ५ दिनसम्म सञ्चालन हुनेछ । उद्घाटन गर्दै मन्त्री दुलालले अब हरेक सरकारी कार्यलयहरुमा सूचना प्रविधिको बिकाश गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्रत्येक कार्यलयमा सूचना प्रबिधिको आवश्यकता रहको बताउदै सरकारका सबै सरकारी निकायहरु प्रविधिमैत्री बनाउन बागमती प्रदेश लागिपरेको बताउनुभयो ।

कार्यक्रममा नवलपुर जिल्ला हिसानका अध्यक्ष हरि भण्डारीले समाजलाई परिवर्तन गर्नका लागि सरकारले सूचना प्रबिधिको बिकासमा सरकार अग्रसर हुन आवश्यक रहेको बताउनु भयो ।

पाँच दिने उक्त मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइवर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताका ९० वटा स्टल रहेका छन् ।

संस्थाका उपाध्यक्ष दीलिप कुमार तामाङका अनुसार मेलामा विशेषत् युवा पुस्ताहरुलाई केन्द्रित गरेर आईटी सम्बन्धी अन्तरक्रिया, रोवोटिक्स प्रर्दशनी, डिजिटल नेपाल प्रविधि प्रर्दशनी तथा प्रतियोगिता राखिएको छ ।

मेलामा जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई आईटी सम्बन्धी जानकारी कार्यक्रम समेत हुनेछन् । मेलाले पर्यटन वर्ष–२०२० लाई सहयोग गर्ने समेत बताइएको छ ।

LIVE TV