२४ माघ २०७६, शुक्रबार

काठमाडाैँ, २४ माघ । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन् । जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता बनेकी छिन् ।

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ । ओजिलका एजेन्ट इकुट सोगुटले सो जर्सी उनलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ । लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उनले तीन गोल गरेकी थिइन् । सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छिन् । सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ ।

LIVE TV