२४ माघ २०७६, शुक्रबार
  • राम गोपाल तमखु,

भक्तपुर, २४ माघ । भक्तपुरमा आगलागी भयो भने कसरी सुरक्षित तरिकाबाट आगो निभाउने ? भनेर नमूना अभ्यास गरिएको छ ।

शुक्रबार भक्तपुरको औद्योगिक क्षेत्र ब्यासीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गुल्म हेड क्वाटर (औद्योगिक सुरक्षा)ले आगो निभाउने तथा उद्दार अभ्यासको आयोजना गरेको हो ।

कार्यक्रममा खाना पकाउने ग्यास सिलिन्डरमा बलेको आगो कसरी सुरक्षित तरिकाले निभाउने ? भनेर सिकाइएको थियो ।

त्यस्तै अन्य स्थानमा लागेको आगलागीबाट कसरी आफू सुरक्षित भएर निभाउने भन्ने अभ्यास गरेर सिकाइएको सशस्त्र प्रहरी नायब निरीक्षक पंकज पौडेलले बताउनुभयो ।

त्यस्तै सोही अवसरमा सशस्त्र प्रहरीको कार्यालय भवनको माथिल्लो तलामा आगो बालेर आगो कसरी नियन्त्रणमा लिने ? घरमा भएका मान्छे र घाइतेको कसरी उद्दार गर्ने ? भन्ने अभ्यास पनि गरेर देखाइएको थियो ।

LIVE TV