२४ माघ २०७६, शुक्रबार
  • ज्योति कुमार पन्थी

गुलरिया, माघ २४ । गुलरियामा सुरक्षित यात्राका लागि निःशुल्क हेल्मेट वितरण गरिएको छ । मोटरसाईकलको पछाडि यात्रा गर्ने यात्रुको सुरक्षाको लागि सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ तपाईको जिवन सुरक्षामा जगदम्बाको साथ भन्ने मल नाराका साथ गुलरियामा जिल्ला टाफिक प्रहरी कार्यालयको आयोजना र जगदम्बा सिमेन्टको सहयोगमा हेल्मेट वितरण गरिएको छ ।

मोटरसाईकलमा यात्रा गर्ने यात्रुहरुको शुरक्षाका लागि हेल्मेट बितरण गरिएको जगदम्मा सिमेन्टका एस आर ब्राण्ड म्यानेजर जगन्नाथ दाहालले बताए। उनले भने- ‘हाम्रो कम्पनिले सामाजिक उत्तरदायित्व बहन गर्ने लक्ष्यका साथ हामिले सुरक्षित यात्राका लागि हेल्मेट वितरण गरेका हौ ।’

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र बहादुर मल्लले दुई पांग्रे सवारी साधनमा पछाडि बसेर यात्रा गर्ने यात्रुका लागि जगदम्बा सिमेन्टको सहयोगमा निःशुल्क हेल्मेट वितरण गरिएको बताए ।

शुक्रबार गुलरियामा करिव २ सय मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरुलाई हेल्मेट निःशुल्क वितरण गरिएको छ ।

LIVE TV