२४ माघ २०७६, शुक्रबार

काठमाडाैं, २४ माघ । राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्लाले एकता प्रकृया टुंग्याएकाे छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच एकतापछि दुई पार्टीको युवा संगठन मिलेर बनेको राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्लाले एकता टुंग्याएकाे हाे ।

एकतापछि राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्ला कमिटि ७१ सदस्यीय बनेको छ । साविक युवा संघ नेपालबाट ३७ जना र साविक योङ कम्युनिष्ट लिग (वाइसीएल)बाट ३४ जना गरी ७१ सदस्यीय नयाँ कमिटि बनेको हो ।

नयाँ कमिटिका सदस्यले फागुन ५ गते सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको राष्ट्रिय युवा संघ इलामका संयोजक महेश तिवारीले जानकारी दिनुभयो ।

संघले जिल्लामा एकता प्रकृया सकेसँगै इलामका १० वटै स्थानीय तहमा समेत संयोजक र सह–संयोजक तोकेको छ । १० स्थानीय तह मध्ये साविक यवा संघले ७ र वाइसीएलले ३ स्थानीय तहको संयोजक पाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल प्रदेश नम्बर १ अन्तर्गतका मोरङ र इलाममा मात्र एकता टुंगीएकाे राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मुना शर्माले जानकारी दिनुभयो । बाँकी जिल्लामा टिट्टै एकता टुंगिने बताइएको छ ।

LIVE TV