२४ माघ २०७६, शुक्रबार

काठमाडौं, २४ माघ । नेपाली कांग्रेस संसदीय दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयको कारण राजनीतिक वृत्तमा मौसम चिसो भए पनि गर्मी बढेको बताएको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी उपसभापति विजयकुमार गच्छदार बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि अख्तियार अब अख्तियार आयोग नभएर यो ओली आयोग भएको बताएको छ ।

कांग्रेस संसदीय दलका नेता मिन विश्वकर्माले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको नेतृत्व गरेको प्रधानमन्त्री दोषी नहुने, मन्त्री दोषी कसरी हुन सक्छ भनेर प्रश्न गर्नुभयो ।

बैठकमा सभापति शेरबहादुरले नेकपा र सरकारले कांग्रेसमाथि आक्रमण गरेको बताएका छन् । त्यस्तै कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक पनि अबरुद्ध गर्ने जनाएको छ। यसअघि बिहीबारको बैठक पनि कांग्रेसले अबरुद्ध गरेको थियो ।

LIVE TV