२४ माघ २०७६, शुक्रबार

एजेन्सी । हङकङमा यतिखेर कोरोनाको त्राससँगै अत्यावश्यक सामान किन्न मानिसहरुको होडनै चलेको छ । यसैबीच हङकङका सपिङ मलमा ट्वाइलेट पेपर किन्नेको तँछाडमछाड भिड लागेकाे छ ।

हङकङेलीहरु खाना र ट्वाइलेट पेपर अत्यावश्यक सामग्रीका रुपमा लिन्छन् । कोरोना भाइरस संक्रमणले त्रासमा रहेका हङकङबासीले जव स्थानीय अनलाइनमा ट्वाइलेट पेपर अभाव हुँदैछ भन्ने गलत समाचार पाए त्यसपछि उनीहरु ट्वाइलेट पेपर किन्न सुपरमार्केटमा लाइन लागेको अंग्रेजी सञ्चारमाध्यम डेलीमेल यूकेले जनाएको छ । याेसँगै उनीहरु चामल र पास्ता पनि अभाव हुने भन्दै किन्न लाइनमा लागेका छन् ।

यद्यपि हङकङ सरकारले बुधबार राति एक विज्ञप्ति जारी गर्दै चामल र शौचालय कागज जस्ता सामानको अभावको बारेमा झूटा अफवाहहरु फैलाइएको जसले बजारमा ती चिजको लागि खरीद आतंक बढाई अराजकता मौलाएको भन्दै त्यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ । साथै कोरोना भाइरसको उद्गगमस्थल चीनसँगका अधिकांश सीमाहरु बन्द गरिएपनि सामान वसारपसार गर्ने नाकाहरु बन्द नगरिएको कारण दैनिक उपभोग्य सामान अभाव नहुने सरकारले अपिल गरेको छ ।

चीनको आरटीएच न्युजले चाई जिल्लाको एक सुपरमार्केटमा शौचालय कागज ट्वाइलेट पेपर र चामल बुधवार बिहान स्टोर खुलेको ३० मिनेटमा खाली भएको समाचार प्रकाशन गरेको थियो । त्यसलगत्ते सुपरमार्केटमा मानिसहरुको भीड लागेको थियो । तर सरकारले यो समाचारको खण्डन गर्दै अफवाहको पछि नलाग्न आग्रह गरेको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाभाइसले चीनमा लगभग ६०० जनाको ज्यान गैसकेको छ । त्यस्तै चीनसँग सीमा जोडिएको हङकङमा पनि एक जनाको ज्यान गएको छ भने २१ जनामा संक्रमण भएको पुष्टि भएको छ । संक्रमित धेरैजसो चीनबाट आएकाहरु छन् ।

LIVE TV