२३ माघ २०७६, बिहीबार
  • कृष्ण बिष्ट

बैतडी, २३ माघ । कार सिक्ने क्रममा दुर्घटना हुँदा बैतडीमा एक जनाको ज्यान गएको छ । कार सिकाउने क्रममा जिल्लाको दशरथचन्द नगरपालिका ४ शाहीलेकका अन्दाजी २८ बर्षीय हरिश तिरुवाको ज्यान गएको हो ।

मृतक तिरुवा कारका साहु रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार बा ६ प ९१९९ नम्बरको कार दशरथचन्द नगरपालिका २ देहीमाण्डौं घुसल्ला मोड नजिककै रहेको मैदानमा आज साझ करिब ५ बजे सिकाउने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएको जनाइएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

LIVE TV