२३ माघ २०७६, बिहीबार

काठमाडौं, २३ माघ । साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से ८ दशमलव ६ सात अंकले घटेको छ । करिब १ अर्ब ४ करोड रुपैयाको कारोबार हुदै बिहीबारको बजार १ हजार ३ सय ३३ दशमलव ६ नौ अंकको बिन्दुमा कायम भएको छ ।

साताको सुरुदेखि नै बढ्दै आएको शेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहिबार भने ८ दशमलव ६ सात अंकले घटेको छ । बिहीबार १ हजार ३ सय ३३ दशमलव ६ नौ अंकको बिन्दु कायम भएको नेप्सेमा सेन्सेटिभ परिसूचक समेत १ दशमलव ८ सात अंकले घट्दै २ सय ८४ दशमलव शुन्य ५ अंकको बिन्दुमा पुगेको छ ।

बिहीबारको बजारमा १ सय ७५ कम्पनीको २८ लाख १ हजार ८ सय ३ कित्ता शेयर खरिदबिक्री हुँदा करिब १ अर्ब ४ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । उद्योग र लाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचकहरूमा बिहिबार गिरावट आएको छ ।

गुराँस फाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबै भन्दा धेरै अर्थात् ४ करोड ५८ लाख रुपैंया माथिको शेयर कारेबार भएको छ । बिहीबार ग्रिन डेभलप्मेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले मुनाफा कमाएका छन भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले ९ दशमलव ५ पाँच प्रतिशतका दरले गुमाएका छन ।

LIVE TV