२३ माघ २०७६, बिहीबार

काठमाडौं, २३ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले दोस्रो जित निकालेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै ओमानले लगातार दोस्रो जित दर्ता गरेको हो । अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा ग¥यो ।

ओमानका लागि अकिब इलियसले सर्वाधिक ७२ र मोहमद नदीमले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै खवर अलिले ३१ रन जोड्दा सुरज कुमारले ३० रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो ।

अमेरिकाका लागि इयन होल्याण्डले ६५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अक्षय होमराजले ४४, मोनाक पटेलले १९ र कप्तान सौरभ नेत्राभाल्करले अविजित १४ रन जोडेका थिए । यता, ओमानका मोहमद नदीमले ३ विकेट लिए । त्यस्तै इकाब इलास, बिलाल खान र जिसन मक्सुदले समान दुई दुई विकेट हात पारे ।

यसअघि ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो । अब शनिबार सिरिजअन्र्तगत नेपाल र अमेरिकाबीच खेल हुनेछ ।

LIVE TV