२३ माघ २०७६, बिहीबार
  • इर्फान अली,

वीरगञ्ज, २२ माघ । बारा जिल्ला फुटबल संघ वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जको आदर्शनगरस्थित रङगशालामा विहीबार भएको खेलमा धनुषा जिल्ला फुटबल संघलाई ४–१ गोलको अन्तरले हराएर बारा जिल्ला फुटबल संघ विजयी भएको हो ।

जीपी कोइराला फाउन्डेशन पर्साद्धारा आयोजित जीपी कोइराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि अब बारा अब सप्तरीसंग खेल्नेछ ।

बारा र धनुषाबीच भएको खेलमा दुबै टिमले निधारित समयमा गोल गर्न नसक्दा खेल टाइब्रेकरमा गेम पुगेको थियो । टाइब्रेकरमा बाराले ४ गोल गर्दा धनुषाले १ गोल मात्र सही प्रहार गर्न सफल भयो ।

खेलको मेन अफ द म्याच बाराका गोल किपर जयराम चौधरी घोषित भए । शनिबार बारा र सप्तरीबीच फाइनल खेल हुने आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगितामा प्रदेश २ का ८ वटै जिल्लाका फुटबल संघहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

LIVE TV