२३ माघ २०७६, बिहीबार

काठमाडौं, २३ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा फर्किएको छ ।

बिहीबार अर्को विभागीय टिम एपीएफमाथि दुई एकको जित निकाल्दै आर्मी लिगको शीर्ष स्थानमा फर्किएको हो । सरस्वती युथलाई पराजित गर्दै मछिन्द्र केही समयका लागि शीर्ष स्थानमा उक्लिएको थियो ।

तर, एपीएफले पराजित गरेसँगै आर्मी र्शीष स्थानमा फर्किएको हो । सातदोबाटास्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन दुबै गोल सन्तोष तामाङले गरे ।

उनले खेलको १६ औँ मिनेटमा पेनाल्टीमा गोल गरे । तर, ३७ औं मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याय ।

त्यसपछि ४२ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका हुन् । खेलको म्यान अफ द म्याच सन्तोष नै चुनिए ।

जितसँगै आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । त्यस्तै अर्को खेलमा मछिन्द्रले सरस्वतीलाई लाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रलाई जित दिलाउनका लागि दीपक राईले २ गोल गरे भने बिशाल राई, देवेन्द्र तामाङ, सोमिडे ओलाउवाउन्मी र निय टाहोन्कुइले एक एक गोल गरे ।

जितसँगै मछिन्द्रले ११ खेलबाट २५ अंक जोडेको छ । सरस्वतीको लिगमा यो नवौँ हार हो । सरस्वति ४ अंकसहित लिग अंकतालिकाको पुछारमा छ ।

LIVE TV