२३ माघ २०७६, बिहीबार
  • घनश्याम मिश्र

जनकपुर, २३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा दर्ता गरेको बहुचर्चित काठमाण्डुको ललिता निवास जग्गा प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दामा प्रदेश २ का दुई जना सचिवपनि परेका छन् ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शंकर प्रसाद सुवेदी र सोही कार्यालयका अर्का सचिव तेजराज पाण्डे छन् ।

नेपाल सरकारमा सहसचिव रहेपनि प्रदेश २ मा उनीहरु सचिव पदमा कार्यरत थिए ।अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सुवेदी र पाण्डेपनि निलम्बनमा परेका ह्न् ।

अख्तियारले सुवेदी बिरुद्ध ९ करोड, ६५ लाख ७६ हजारको बिगो सहितको मुद्दा दर्ता गरेकोछ । सुबेदी भूमि सुधार कार्यालयका भूमिसुधार अधिकृत रहेको बेला ललिता निवास जग्गामा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएकोछ ।मुद्दा दर्ता भएसँगै सुवेदीपनि निलम्बनमा परेका छन् ।

त्यसैगरि पाण्डे विरुद्ध ७ करोड ८ लाख ४८ हजार बिगो सहितको मुद्दा दर्ता गरिएकोछ ।पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सहसचिव पदमा कार्यरत्त रहेको बखत सो जग्गा सम्बन्धी निर्णयमा सहभागि भएका थिए ।

सुवेदी प्रदेश २ मा आएको ६ महिना र पाण्डे आएको २ महिना भएको थियो । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अब फेरी सचिवको कमि भएको छ ।

LIVE TV