२३ माघ २०७६, बिहीबार

काठमाडौं, २३ माघ । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र जगत बचाउने अभियानमा साहित्य, कला मार्फत समेत कार्यक्रम सञ्चालन गर्दै आइरहेको मानव अधिकार तथा शान्ति समाजले स्रष्टाहरुको सम्मानमा कम्तिमा एक दर्जन पुरस्कार स्थापना गर्ने भएको छ ।

विहीबार काठमाडौंमा आयोजित ८७ औं शान्ति काव्य प्रवाहमा बोल्दै संस्थापक सभापति कृष्ण पहाडीले स्रष्टाहरुको सम्मानमा कम्तिमा एक दर्जन पुरस्कार स्थापना गर्ने लक्ष्य रहेको बताउनुभएको हो ।

समाजका उपसभापति रेणुका पौडेलको सञ्चालनमा सम्पन्न काव्य प्रवाहमा देश दुखेको, स्वाभिमान दुखेको पीडादेखि जल जोगाउने आग्रहसम्म पोखिएको थियो ।

काव्य प्रवाहमा ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, रत्ननीधि रेग्मी, रामेश्वरी पन्त, मेनका पोख्रेल आचार्य, ऋचा, पुनम घिमिरे, प्रकाशमणी दाहाल, राजेन्द्र प्रसाद ढुंगाना, विजयध्वज थापा, त्रिभुवन चन्द्र वाग्ले, मुकुन्द पौडेल, त्रिपुरा पौडेल, कुसुम शर्मा, रुद्र अधिकारी, भुवन शिवाकोटी, जनार्दन अधिकारी, रविन्द्र आशीश शैलीलगाएत २५ जना कविहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।

LIVE TV