२३ माघ २०७६, बिहीबार
  • घनश्याम मिश्र

धनुषा, २३ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिकामा तालाबन्दी ठेकेदारले गरेका हुन् ।

नगरपालिकाभित्र रहेको खोला – नालाको बालुवा, गिट्टी, रोडा लगायतको बस्तुहरुको संकलन कर उठाउन ठेक्का लिएको ठेकेदारलाई नगरपालिका र प्रहरीले अनाहकमा दुःख दिएको भन्दै तालाबन्दी गरिएको जनाइएको छ।

नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने खोला नालाबाट बालुवा गिट्टी उठाउँदा प्रहरीले उठाउन नदिएपछि नगरपालिकामा तालाबन्दी गरेको मिथिला कन्सट्रक्सन जनकपुर १४ का प्रतिनिधि अजय यादवले बताए ।नगरपालिकामा तालाबन्दी बिहीबार दिउँसो ३ बजे गरिएको जनाइएको छ ।

LIVE TV